Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

एनसीसी बैंककाको भिसा कार्ड तथा मोबाइल बैंकिड प्रयोगकर्तालाई भरतपुरको सिड मेडिकल ल्याबरोटरिजमा विशेष छुट

१३ असोज, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) का ग्राहकहरुले चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली. मा स्वास्थ्य परीक्षण गराउदा विशेष छुट पाउने भएका छन् ।

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिज प्रा.ली. बीच हालै यस सम्बन्धी संझौता भएको छ ।

सझौता बमोजिम बैंकको भिसा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई ल्याबरोटरिज प्रा.ली.मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पm्त भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE