Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

दुई स्थानमा गोली प्रहार, ८ जनाको मृत्यु, पाँच जना घाइते

जर्मनी- बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा जर्मनीमा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले जर्मनीको हानाउ सहरमा भएको गोलीकाण्डमा अझ धेरैको मृत्यु भएको जनाएका छन् ।
अहिलेसम्म आठ जना मारिएको र पाँचजना घाइते भएको विवरण आएको बताइएको छ । छन् । हानाउ सहरको मध्य भागमा रहेको एउटा शीशा बारमा पहिलो आक्रमण भएको र हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको समाचार छ ।
घटनापछि आक्रमणकारी फरार भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिल्ड पत्रिकाले लेखेको छ । स्थानीय समयअनुसार घटना बुधबार राति १० बजे भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । तर हाल सम्म आक्रमणको कस्ले र किन गरेको भन्ने खुल्न नसकेको अधिरीहरुले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE