Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

स्वास्थ्य सामग्री खरिद प्रकरणमा उपप्रधानमन्त्री पोखरेल पनि छानबिनमा तानिए

काठमाडौँ-स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरण छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिनुभएको छ । लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिदमा, खरिद प्रक्रियामा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उहाँलाई पनि छानबिनका लागि बोलाउने भएको हो ।
आफ्नो अधिकार नै नभएको छलफलमा सहभागी भएका कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकाल यसअघि नै औषधि खरिदको अनियमिततामा जोडिइसक्नुभएको छ । कागजी रूपमा नीतिगत निर्णयमा मात्रै संलग्न भएका उपप्रधानमन्त्री पोखरेललाई मंगलबार भएको लेखा समितिको बैठकमा प्रमुख तीन अधिकारीले तानेका हुन् ।
लेखा समितिको बैठकमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका तत्कालीन स्वास्थ्य सचिव यादव कोइरालाले गत चैत ११ गते उच्चस्तरीय समन्वय समितिबाट निर्देशन प्राप्त भएअनुसार प्रक्रिया अघि बढेको बताउनुभएका छ । निर्देशन प्राप्त भएपछि आजै बेलुकी सूचना जारी गर्ने, भोलि वार्ता गर्ने र १५ गतेभित्र खरिद गर्ने भन्ने भयो,’ उहाँले बताउनुभयो । ‘हतार–हतारमा मन्त्रीज्यूले सूचना जारी गर्नू भन्नुभयो । वार्ता समिति गठन गरियो र खरिद भयो ।’ उहाँले उच्चस्तरीय समितिकै निर्देशनमा वार्ता टोली गठन गरिएको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE