Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आज बिहान ७ बजेदेखि काठमाडौंका यी स्थानमा बिजुली जाने

१३ असोज 
काठमाडौँ – विद्युत मर्मतका लागि आज अहिले बिहना ७ बजे काठमाडौँका विभिन्न स्थानमा विद्युत बन्द गरिने भएको छ । आज (मंगलबार) बिहान काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने भएको हो ।

नेपाल विद्य्त् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो।

यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE