टिकटक मिलिजुली परिवार राहत सहित काठमाडौँबाट सिन्धुपाल्चोक पुग्यो
- के.बि. थापा सुमन
काठमाडौँ – सामाजिक संजाल टिकटकमा आबद्ध समूह (मिलिजुली टिकटक परिवार) ले असोज १९ गते सिन्धुपाल्चोक जिल्लामा सहयोग हस्तान्तरण गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोक गढी नगरपालिका १२ निवासी राजकुमार श्रेष्ठ र संगीता श्रेष्ठको १० वर्षीया छोरी रेजिना श्रेष्ठको असोज १३ गते असमाहिक निधन भएको थियो । रेजिनाले विद्यालय जान नपाएको भन्दै असोज १३ गते आफ्नै घरमा झुण्डियर आत्महत्या गरिकी थिइन् ।

बछलादेवि आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत छात्रा रेजिना श्रेष्ठ पढाईमा सधै प्रथम स्थान हासिल गरेको विद्यालयका प्राधानध्यापक बताउछन् । मृतक बालिकाको परिवारको आर्थिक अबस्था कमजोर रहेको खबर सुनेपछि मिलिजुली टिकटक परिवारले केही सहयोग गर्ने मनसाय अनुरुप सिन्धुपाल्चोक पुगि नगद रु ५० हजार १ सय ५५ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
करिब १ महिना अगाडि देखि स्थापना भएको मिलिजुली परिवार का संयोजक एबम युवा समाजसेवी राजन कडेल सहित मिलिजुली परिवारमा आबद्ध ९ जनाको टिम सिन्धुपाल्चोक पुगि मृतक बालिकाको आत्मको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारलाइ उक्त रकम हस्तान्तरण गरेको छ ।
यस अघि पनि मिलिजुली परिवारले काठमाडौँ र बुटवलमा रक्तदान कार्यक्रम, बृद्वाआश्राममा रहेका असहाय जेष्ठ नागरिकलाई न्यानो कपडा तथा खाध्यान बितरण जस्ता कार्य गरेको थियो ।
आजका युवा पुस्ताले यस किसिमको उदाहरणिय सामाजिक कार्य गर्दै नेपालमा मानवता अझै मरेको छैन भन्ने कुरामा बिश्वस्त पारेका छ्न । टिकटक मिलिजुली परिवारमा आबद्ध ब्यक्तीबाटै संकलन गरिएको उक्त सहयोग रकमले पीडित परिवारलाइ थोरै भए पनि राहत पुग्ने संयोजक राजन कडेलले बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE