Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने

२५ कात्तिक
काठमाडौं –
नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले तिहारको बिदाका बेला शाखा कार्यालय समेत बन्द गर्ने निर्णय गरेको हो । संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने बताएको छ ।

डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ । साथै, एटीएम सेवा पनि सञ्चालन हुनेछ । संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ । संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित छन् । यसअघि दशैंमा पनि बैंकहरुले ५ दिन बिदा दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE