बारामा अबैध रकम सहित २ जना पक्राउ
१३ फागुन
काठमाडौं – कलैया उपमहानगरपालिका ८ बाट २५ लाख ३५ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन्
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बि आर -५ के ७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला परेको हो। चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजयको साथबाट तथा मोटरसाइकलको डिक्कीमा समेत रकम लुकाइएको भेटिएको हो ।
१ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान गरी २५ लाख रकम फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE