Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका आरोपी १६ वर्षपछि पक्राउ

१६ फागुन
काठमाडौँ – दाङमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीलाबहादुर खत्री रहेका छन् । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

उनी हालसम्म भारतको चण्डिगढमा लुकिछिपी बसिरहेका थिए । आइतबार घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर १० राईखल्यानस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवम् डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो । उहा€ँलाई आजै दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE