चलचित्र पाइरेसीको आरोपमा पक्राउ परेका युवक सार्वजनिक
१८ फागुन
काठमाडौँ – चलचित्र पाइरेसी गरेको आरोपमा पक्राउन परेका युवकलाई मंगलबार सार्वजनिक गरेको छ । इन्टरनेटको माध्यमबाट चलचित्र पाइरेसी गरेको आरोपमा लमजुङका सुजन परियार पक्राउ परेका हुन । चलचित्र विकास बोर्डले मंगलबार पत्रकार सम्मेलन गरेर २५ वर्षीय परियारलाई सार्वजनिक गरेको हो । उनलाई १३ गते नै प्रहरीले पक्राउ गरेको थियो।
पेशाले शिक्षक रहेका उनी सिनेमा घर गोल्ड एप लगायत अन्य एपहरुले पनि नेपाली चलचित्र पाइरेसी गर्दै बजारमा पठाउँदै आएका थिए । यसका साथै उनले मोबाइल र टेलिभिजनको माध्यमबाट टेलिग्राम एप बनाएर पाइरेसी गरेकाले उनीलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रतिनिलिपि अधिकार ऐन २०४९ अनुसार कारबाही गरिने चलचित्र विकास बोर्डले जनाएको छ ।

नेपालमा चलचित्रको पाइरेसी नयाँ वियष नभएको लचचित्रका निर्देशक खगेन्द्र लामिछानेले बताउनु भयो । सरकार नेपाली चलचित्र क्षेत्रमा हुने पाइरेसी रोक्न गम्भीर नभएको समेत बताउनुभयो । आफ्नै थुपै् चलचित्र पाइरेसीको सिकार बनेका बताउनु भयो ।
यता, प्रतिलिपी अधिकार ऐनको दफा २६ उल्लंघन गरी कुनै रचनाको अनधिकृत प्रतिलिपीहरु पैठारी गरेमा त्यस्तो प्रतिलिपीहरु जफत गरी निजलाई कसुरुको मात्रा अनुसार दश हजार रुपैयाादेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत पैठारी गर्ने व्यक्तिबाट भराइ दिनु पर्नेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE