Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

आज रातिदेखि नेपालगञ्जमा लकडाउन

८ बैशाख, काठमाडौँ– स्थानीय प्रशासनले आज (बुधबार) राति १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्जमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको चेन ब्रेक गर्नका लागि आज राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको बताउनु भयो।

बाँकेमा एक हजार बढी संक्रमित हुँदा नेपालगञ्ज उपमहानगरपालिकाभित्रका ७ सय ३५ जना संक्रमित रहेका छन्।

प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ।

WRITE COMMENTS FOR THIS ARTICLE