काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक आज बस्दै
१३ बैशाख, काठमाडौँ – काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन्।
कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।
यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्। काठमाडौंमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो।
यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ।
कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE