Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

दियालो साहित्य सरगमको रचना वाचन कार्यक्रम सम्पन्न

५ जेठ, काठमाडौँ – दियालो साहित्य सरगमले आयोजना गरेको बधाई ज्ञापन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) बनेका यस संस्थाका वरिष्ठ सल्लाहकार तथा साहित्यकार प्रा.डा. भीम खतिवडालाई बधाई ज्ञापन गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ नेपाल प्रज्ञा प्रतिष्ठानका बाल तथा लोकवार्ता विभागका प्रमुख तथा छन्द कविता लेखनका अभियन्ता, छन्द प्रशिक्षक डा। देवी नेपाल, वरिष्ठ कवि प्रभा भट्टराई, कवि शिव प्रणत, सुरेन्द्र अस्तफल,आवाज शर्मा,मोमिला जोशी, सुरेश सुवेदी, प्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्यायले नेपाल ज्ञानभूमि, पुण्यभूमि, देवभूमि र नेपाली दर्शनको उद्गम स्थल भएकोले यसको प्रचार प्रसार संसारभर गर्नुपर्ने कुरा बताउनुभयो ।

प्राज्ञ डा. देवी नेपालले प्रा.डा. भीम खतिवडाको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सक्षम व्यक्ति उचित स्थानमा पुगेको तथा आफ्नो कार्यकाल अझै बाँकी छ भन्ने नसोची भोलि नै मेरो समय सकिने वाला छ भन्ने कुरा मनमा राखेर धमाधम काम गर्ने हो भने जिन्दगीमा धेरै गर्न सकिने सुझाव समेत दिनुभयो ।

आफ्नो तर्फबाट प्रा. डा. भीम खतिवडाले सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै यो बधाईको ओइरोलाई आफूले बधाई मात्र नभएर जिम्मेवारी बोधका लागि मायाले उठाएको चोर औँलोको रूपमा आफूले बुझेको बताउनुभयो ।

कार्यक्रममा उपस्थित सबैले डा। खतिवडालाई बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आफ्ना सिर्जना सुनाउनुभएको थियो ।

कवि शिवराम खड्काको उद्घोषण तथा कवि गणेशप्रसाद खतिवडाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE