Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

अध्यक्ष मोक्तानद्वारा सामाजिक सुरक्षा भत्ता घर–घरमै वितरण

१७ जेठ, रामेछाप – दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तान , ग्लोबल आइएमइ बैंकका कर्मचारीसहितको टोली सहित सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगेर वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न सफल भए पछि दोरम्बा गाउँपालिकाले निषेधाज्ञाको समयमा सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगेर वितरण गरेको अध्यक्ष  मोक्तानले बताउनुभएको हो  ।

दोरम्बा गाउँपालिका र ग्लोबल आइएमई बैंकबीच ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई मात्र घर–घरमा भत्ता वितरण गर्ने सम्झौता भएता पनि कोरोना महामारीका कारण सबै जेष्ठ नागरिकहरुलाई यस पटक घर–घरमा पुगेर भत्ता वितरण गरेको  मोक्तानले जानकारी दिनुभयो ।

आईतबार सम्म २, ३, ५, ६, र ७ वडामा भत्ता वितरण गरिसकेको छ भने १ र ४ वडामा समय अनुकुल मौसम सफा भएपछि वितरण गरिने भएको छ    ।

कोरोना महामारीका कारण देशभर निषेधाज्ञाका बेला जेष्ठ नागरिकहरुले घरघरैमा सामाजिक सुरक्षा भत्ता पाउँदा खुशी भएको अध्यक्षले बताउनुभयो ।

तस्वीर : कमान सिहं मोक्तानको फेसबुक बाट

WRITE COMMENTS FOR THIS ARTICLE