Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

झाँक्रीको प्रश्न- राष्ट्रपतिको कदम समानान्तर सत्ताको अभ्यास त होइन ?

१९ जेठ, काठमाडौँ – अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा नेकपा एमालेबाट निष्काशित नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर सत्ताको अभ्यास शुरु गर्नुभएको हुन् कि भनेर आशंका व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन अनुरोध गर्दै मित्र राष्ट्रका प्रमुखलाई धमाधम पत्राचार गर्न थाल्नु भएपछि नेतृ झाँक्रीले उहाँप्रति आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ–‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो । उसका सम्पूर्ण कामलाई संविधानले सीमित गरेको छ,’ ‘लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्र प्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपञ्च ?’

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE