Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२१ जेठ, काठमाडौं– प्रहरीले एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका बस्ने ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बालिकाको सौतेला बुबा नाता पर्ने रहेको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ ।

ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE