कोपा अमेरिकाअन्तर्गत आज दुई खेल हुँदै
कोपा अमेरिकाअन्तर्गत आज दुई खेल हुँदै
असार ३, काठमाडौं– कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।
पहिलो खेलमा कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। उक्त खेल ब्राजिलको स्टाडियो ओलिम्पिको रंगशालामा नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ।
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा नेपाली समयअनुसार भोली बिहान ५ः४५ बजे घरेलु टोली ब्राजिल र पेरु भिड्दैछन्। उक्त खेल आयोजक राष्ट्र ब्राजिलको ओलम्पिक रंगशालामा हुनेछ।
यसअघि भएको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले र कोलम्बियाले इक्वेडरलाई १–० ले पराजित गरेको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE