Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

दोरम्बा गाउँपालिकाको बजेट ६२ करोड ८३ लाख

सिंहराज योन्जन
११ असार, रामेछाप – दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि रु. ६२ करोड ८३ लाख बजेट ल्याएको छ । विहीबार बसेको नवौ गाउँ सभा मार्फत उक्त बजेट सार्वजनिक गरेको हो ।

दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिहं तामाङको अध्यक्षमा बसेको सभामा उपाध्यक्ष कृशला घिसिङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्नुभएको थियो ।

दोरम्बा गाउँपालिकाको आगामी बर्षको लागि आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ रु १२ करोड ७३ लाख , राजस्व वाडफाडबाट रु ७ करोड ४७ लाख ९० हजार सशर्त अनुदान २० करोड ४९ लाख , प्रदेश सरकार बाट प्राप्त  बित्तिय समानिकरण तर्फ रु १ करोड   ६४ लाख ४८ हजार , प्रदेश सरकार सशर्त तर्फ रु १ करोड १० लाख ५७ हजार , सामाजिक सुरक्षा तर्फ रु ९ करोड ५० लाख , प्रदेश सरकार समपुरककाट प्राप्त रकम रु २ करोड ९९ लाख ९७ हजार , चालू आर्थिक बर्षमा खर्च नभई बाकी रहेको रकम करीब रु ३ करोड , प्रदेश सरकार बाट प्राप्त हुने सवारी साधन कर बापत रु २ करोड २६ लाख ८२ हजार १ सय ५३ रुपैयाँ २० पैसा , प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमका लागि ३ लाख ८२ हजार र आन्तरिक आय रु ३० लाख गरि कुल रकम रु ६२ करोड ८३ लाख ५६ हजार १ सय ५३ रुपैयाँ २० पैसा हुने अनुमान गरेको छ ।

विनियोजन तर्फ चालुमा रु १६ करोड ९७ लाख ९० हजार र पुँजीगतमा रु ४५ करोड ८५ लाख ६६ हजार १ सय त्रिपन्न २० पैसा रकम विनियोजन गरिएको छ ।

चालुतर्फ  विनियोजित रकममा सेवा प्रवाह, तलब भत्ता लगायतका, सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तलबको लागि विनियोजन गरिएको छ  ।

पुँजीगत रकममा आर्थिक बिकासमा रु १ करोड ९६ लाख, सामाजिक बिकासमा रु ४ करोड ९० लाख, पुर्वाधार बिकासमा रु ६ करोड १७ लाख १९ हजार, वन वातावरण तथा विपद ब्यवस्थापनमा रु १ करोड, संथागत बिकास तथा वित्तीय ब्यवस्थापन ,वित्तीय जोखिम न्यूनीकरण र सुशासनमा न्यायीक समिति समेत रु ५८ लाख ६ हजार , लागत साझेदारी र जगेडा कोषमा रहेको रु ४ करोड बाट गाउँपालिकाको गौरवका आयोजना सन्चालन गर्ने लक्ष्य राखी रकम विनियोजन गरि कुल रकम रु ६२ करोड ८३ लाख ५६ हजार १ सय त्रिपन्न २० पैसा गाउँपालिकाको सन्चित कोषबाट खर्च गर्ने गरि विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष घिसिङले जानकारी दिनु भएको हो ।

तस्वीर : कृशला घिसिङ बाट

 

 

 

 

sponsored
sponsored

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE