Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

माधव नेपाल र उपेन्द्र यादवसँगको भेटपछि प्रचण्ड बालुवाटारमा

माधव नेपाल र उपेन्द्र यादवसँगको भेटपछि प्रचण्ड बालुवाटारमा

५ साउन, काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका हुन्।

सत्ता साझेदार समेत रहेका प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँगको भेट लगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा केही बेरमा प्रचण्डले प्रधानमन्त्री देउवालाई भेट्ने स्रोतले बताएको छ । स्रोतका अनुसार भेटमा मन्त्रिपरिषद् विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।

आज बिहान नै प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

वर्तमान सरकारमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवासहित तीन र माओवादीबाट दुई जना मन्त्री रहेका छन्।

आइतबार विश्वासको मत लिएका देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बुझिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE