विदेशीले नेताको घर-घर पुगेर अनुदान लिनैपर्छ भनेर दबाब दिनु बिडम्वना’ भिम रावल
२४ भदौ,काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रतिनिधिले एमालेकै अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेको प्रति आपत्ति जनाएका छन्। एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलगायतको टोली आज नै काठमाडौँ आइपुगेको थियो । उक्त टोलीले आज नै ओलीसँग भेट गरेको हो।
रावलले ट्वीटरमा लेखेर नचाहेको अनुदान लिनैपर्छ भनेर विदेशीले नेताहरुको घरघर पुगेर दबाब दिएको भन्दै आपत्ति जनाएका हुन्। ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदा–हुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दवाव दिने,कस्तो विडम्बना हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सदबुद्धि देउ’ उनले लेखेका छन्।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE