आज अधिकांश स्थानमा वर्षा हुने : मौसम पूर्वानुमान
२ आश्विन काठमाडौँ – भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभावले नेपालका अधिकां स्थानमा सामान्यदेखि पूर्ण बदलीसहित वर्षा भइरहेको छ।
मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली सहित बागमती प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशको केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राति प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE