Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

 ८ आश्विन काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । अहिले विहान ११ बजे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमाबैठक बस्न सुरु हुन लागेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ ।

बैठक शनिबारपनि बस्नेछ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE