Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

राष्ट्रियसमा अघि बढ्यो बजेटसँग सम्बन्धित दुई विधेयक

८ आश्विन,काठमाडौं – राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध कायमै रहेको बताए ।

सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताउनुभयो । एमालेकै अवरोधका बीच अगाडि बढाउन राम्रो नलागेको भन्दै उहाँले बस्न आग्रह गर्नुभयो । तर एमाले सांसदहरु आ-आफ्नो स्थानमा उभिरहेपछि उनले बैठक अघि बढाए ।

बैठकमा अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । दुवै प्रस्ताव बहुमतले पास भयो । दुवै विधेयकमाथि दफावार छलफलका लागि ११ गते बैठक तोकिएको सभाअध्यक्षले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE