Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब

वीरगन्ज । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आगात निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दबाब दिएको छ ।

भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिहनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै एकीकृत भन्सार जाँचचौकी (आइसीपी) सम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकाले अब रक्सोलबाट आयात निर्यात हुँदै आएको कार्गो पनि एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै हुने जनाएको छ ।

कमिशनरको कार्यालयले निकालेको सार्वजनिक सूचनाअनुसार अक्टोबर १६ तारिख अर्थात असोज ३० गते आइतबारदेखि भारत तथा तेश्रो मुलुकबाट आयात हुँदै आएको सामान एकीकृत भन्सार नाँचचौकीबाट मात्रै जाँचपास हुनेछ ।

प्रिन्सिपल कमिश्नरको कार्यालयले असोज २१ गते नै सार्वजनिक सूचना जारी गरेर सबै निर्यातकर्ता, भन्सार एजेन्टहरुलाई बुधबारदेखि नै एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै जाँचपास हुने जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE