हालान्ड र ड्रि ब्रुएनाको गोलमा सिटीको सहज जित
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटन होब अल्वियोनलाई सिटीले ३–१ को सहज जित निकालेको हो ।
सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई तथा केभिन ड्रि ब्रुएनाले एक गोल गरे । ब्राइटनका लियान्द्रो ट्रोससार्डले एक गोल फर्काए ।
यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी १ मा छोट्याएको छ । सिटीको ११ खेलबाट २६ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको २७ अंक छ । पराजित ब्राइटन १५ अंक जोडेर आठौं स्थानमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE