Author: Sawal Media
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
काठमाडौँ – तिहारमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्गे आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए। सयपत्री फूलको माग अत्यधिक […]
नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाउनेहरुले मासिक आठ डलर तिर्नुपर्ने
काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ । गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ […]
युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी
काठमाडौं – युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ । पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो । युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार […]
च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल
काठमाडौँ – युरोपेली च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मड्रिड यस सिजन युरोप लिगमा समेत नपुगि बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एट्लेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड एफसी पोर्टोसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । यो हारसँगै एट्लेटिको अंक तालिकाको पुछारमा छ । […]
चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने
काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भैरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन […]
बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०२ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ०७ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ […]
आम निर्वाचन : चार मतपत्र, चारवटै मतपेटिका
काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक […]
‘सुन्दर, स्नीग्ध र शितल जिरी’
कृष्णा चौलागाईं भनिन्छ– कति कुरा नभनेरै मिठा मिठा लाग्छ । त्यस्तै कति कुरा नलेखेरै अमेट छाप बन्दो रहेछ । जिरी यात्रा मेरो लागि त्यस्तै बन्यो । जिरी घुमेको एक वसन्त पूरा भयो । पृथ्वीले सूर्यलाई एक फन्को मार्यो । तर मेरा हात दुई पाइला पनि अघि बढेन । जिरीको कुरा निस्किने बित्तिकै मन फुरुङ्ग हुन्थ्यो […]
प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो
काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई फराकिलो अन्तरले हराउँदै अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको […]
बारुद पड्किँदा दैलेखमा एक दम्पती घाइते
दैलेख – दैलेखको रायण नगरपालिका–६ भुर्तीमा बारुद पड्किँदा एक दम्पती घाइते भएका छन् । फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उहाँकी श्रीमती २२ वर्षीया अञ्जु घाइते भएका प्रहरीले जनाएको छ । माछा मार्ने विस्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद पड्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले […]



