आर्थिक
सुनको मूल्य १ सयले उकालो लाग्यो
९ पुष काठमाडौँ – स्थानीय बजारमा पहेँलो सुनको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला […]
सुनको मुल्य तोलामा ७ सयले घट्यो
२४ मंसिर काठमाडौं – आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुन तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ […]
रिक्सामा छुटेको सात लाख फिर्ता
२४ मङ्सिर राँझा– नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । […]
सुनको भाउ तोलामा १६ सयले बढ्यो
१८ मंसिर काठमाडौँ – आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले नै बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । चाँदीको […]
सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो
१७ मंसिर काठमाडौं – सुनको भाउ आज फेरि बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) पनि तोलामा ५ सय रूपैयाँले बढेर ९० हजार ५ सयमा कारोबार भएको थियो । त्यसैगरी मंगलबार प्रतितोला ९० हजार ५० रूपैयाँमा कारोवार भएको तेजाबी सुनको […]
सुनको भाउ तोलामा ७ सय रुपैँयाले घट्यो
१५ मंसिर काठमाडौँ – सोमबार सुन चाँदीको भाउमा गिरावट आएको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ८९ हजार ५ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको […]
सुनको भाउ तोलामा एक हजारले घट्यो
१० मंसिर काठमाडौँ– स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु […]
तीन सय २६ व्यापारिक फार्मलाई कारबाही
१० मंसिर काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो । विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय […]
नलगाड जलविद्युत् आयोजनाको डिपिआरको काम तत्काल सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन
६ मंसिर जाजरकोट – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिनुभएको हो । जाजरकोटबाट प्रतिनिधिसभा […]
स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने
६ मंसिर काठमाडौं – अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ । कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल […]



