Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

खेल

आइपिएलमा दिल्लीको लगातार तेस्रो हार

 १२ कात्तिक  काठमाडौं – इन्डियन प्रिमियर लिग ९आईपीएल०मा मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल पराजित भएको छ। दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले मात्र दुई विकेटको क्षतिमा पूरा ओभर खेल्दै २१९ रन बनाएको थियो। २२० […]

ईपीएल: युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी

 ९ कात्तिक  काठमाडौँ  –  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेले । ओल्ड ट्राफोर्डमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा एकरएक अङ्क बाँड्नु परेको हो ।   बराबरीसँगै युनाइटेडले ५ खेलमा ७ अङ्क जोडेको छ । युनाइटेड […]

आईपीएल : दिल्लीमाथि पञ्जाबको जित

 ५ कात्तिक काठमाडौँ  – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान […]

आईपीएल : कोलकातामाथि बैंगलोरको शानदार जित

२७ असोज काठमाडौँ – जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि शानदार जित निकालेको छ । गएराति भएको खेलमा बैंगलोरले कोलकातामाथि ८२ रनको उत्कृष्ट जित निकालेको हो । जारी सिजनमा यो बैंगलोरको पाँचै जित हो । जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। जितका लागि १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ […]

बैंग्लुरुद्वारा चेन्नई ३७ रनले पराजित

२५ असोज काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । जीतसँगै बैंग्लुरु अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । दुबईमा खेलिएको खेलमा बैंग्लुरुले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले ८ विकेटको […]

आईपीएल : दिल्लीको निकाल्यो पाँचौँ जित, राजस्थान ४६ रनले पराजित

२४ असोज  काठमाडौँ –  इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिएको छ ।  शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो। दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो । राजस्थानका लागि राहुल तेबातियाले सर्बाधिक […]

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

२३ असोज काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट)मा पर्नुभएको छ । ड्राफ्टमा पर्नुभएका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स ९युएई० मा हुनुहुन्छ । यसैगरी अर्का नेपाली […]

आइपिएलमा चेन्‍नइको चौथो हार, कोलकाता १० रनले विजयी

२१ असोज काठमाडौं – यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा कोलकाता नाइट राइडर्सले जीत हात पारेको छ । प्रतियोगितामा तेस्रो जीत दर्ता गर्ने क्रममा उसले चेन्‍नइ सुपर किङ्सलाई १० रनले पराजित गर्‍यो । कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्‍नइदे पूरा २० ओभर खेलेर ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन […]

आईपीएल : चेन्नईको शानदार जित

१९ असोज काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । दुबईमा आइतबार राति भएको खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गर्दै जित निकालेको हो । क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्न सफल भयो । चेन्नईको […]

आईपीएलमा हैदराबादको दोस्रो जित

१७ असोज काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन […]