Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

नेकपाका नेताहरु ओलीको पछिल्लो क्रियाकलापबाट आजित

३ पुष काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै परिषद्को बैठक राखे त्यसले दुर्घटना निम्त्याउने भन्दै सचेत गराएपछि उनले अन्तिम समयमा बैठक स्थगित गरेका छन्। बुधबारको […]

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

३ पुष काठमाडौं – सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न […]

विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन

३० मंसिर काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई भनेका छन् । पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थिति सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक […]

’टिकटक’ ले उदांगिँदै गोपनीयता

३० मंसिर काठमाडौँ– नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता […]

हेलचेक्र्याइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने

३० मंसिर काठमाडौँ– कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्र्याइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक्र्याइँ नगर्न विज्ञहरूको आग्रह छ ।   यद्यपि, संक्रमण जोखिमका बीच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन र जमघट गर्न थालिएको छ । अहिले अधिकांश नागरिकले कोरोनालाई ख्यालठट्टा मान्दै […]

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

२९ मंसिर काठमाडौँ -सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्इामराज उप्रेतीले बताए । ‘पहिला सरकारले आफ्नो जिम्मा पूरा गर्नुपर्यो,’ उनले भने । स्वास्थ्यकर्मी, […]

उखु जस्तै पेलिए किसान !

२९ मंसिर काठमाडौँ उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर […]

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

२९ मंसिर काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि […]

यस वर्षको एसईई पनि अन्योलमै

२९ मंसिर काठमाडौँ – कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो […]

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

२९ मंसिर काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ […]