पत्रपत्रिका
अब ओलीले के गर्लान् : पदत्याग कि पार्टी विभाजन ?
२८ मंसिर काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक नेताको दाबी छ। पार्टी स्थायी कमिटीको बैठकले ओलीकै पक्षमा निर्णय गरे पनि उनैले त्यसलाई कार्यान्वयन नगर्दा […]
संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने
२८ मंसिर काठमाडौं – भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय […]
खोप ल्याउन ढिलाइ : जीटूजी र निजी क्षेत्रको विकल्प खुला गर्न सुझाव
२८ मंसिर काठमाडौँ – कोभिड–१९ विरुद्धको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको छ । सुविधाबाट पाउने खोपको मात्र भर पर्दा धेरै ढिला हुने भएकाले दुवै विकल्पमा तुरुन्त अघि बढ्नुपर्ने विज्ञहरुले बताएका छन् । एउटै प्रक्रियामा भर पर्दा समयमै खोप ल्याउन नसकिए मुलुकको स्वास्थ्य, रोजगार, अर्थतन्त्र, व्यापार, व्यवसायलगायत […]
सरकारकै खेलाचीका कारण संक्रमण झन् बढ्यो
२८ मंसिर काठमाडौँ– स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण फैलने दर अझै कम भएको छैन। परीक्षण कम भएर संख्या कम देखिए पनि प्रतिशतका आधारमा संक्रमण दर बढेको देखिन्छ। दैनिक १० हजारभन्दा कम पिसिआर परीक्षण हुन थालेपछि संक्रमितको संख्या १ हजारदेखि १२ सयका बीचमा देखिएको छ। दैनिक २० जनाभन्दा बढीको मृत्यु भइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर […]
एक सिलिन्डरको मूल्य चौध हजार, हुम्लामा ग्यास प्रयोगकर्ता ७० जना मात्रै
२७ मंसिर हुम्ला– हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा […]
मुठभेडकै मुडः अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने
२७ मंसिर काठमाडौँ – बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन । ‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु […]
जाडोमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने खतरा
२७ मंसिर काठमाडौँ – विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले […]
विज्ञको चेतावनीः काठमाडौँमा तत्काल विद्यालय खोले कोरोनाको दोस्रो लहर
२५ मंसिर काठमाडौँ– काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच […]
ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी
२५ मंसिर काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने […]
सञ्चालन नहुँदै जयनगर–कुर्था रेल्वे ट्रयाकका १८ हजार क्लिप चोरी
२५ मंसिर काठमाडौं – जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम गर्ने काम गर्छ । जनकपुरस्थित रेल विभागका साइट इन्चार्ज विनोद ओझाका अनुसार सरकारले रेल ल्याउनुअघि र पछि पनि क्लिप चोरी भइरहेका छन् । २ असोजमा भारतबाट […]



