पत्रपत्रिका
फेरि भरिन थाले अस्पतालका शय्या
२५ साउन, काठमाडौँ – कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् । यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत […]
त्रिविका परीक्षा नियमित रूपमा चल्ने
२५ साउन, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । विश्वविद्यालयमा हाल […]
सभामुखको रिट खारेज गर्न प्रधानन्यायाधीशको माग
२५ साउन, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा आइतबार लिखित जवाफ पेस गर्दै खारेजीको माग गरेका हुन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका सापकोटाले आफूलाई जानकारी नगराई अध्यादेश […]
सीमामा २ सय २४ वटा बीओपी, १ सय २० थपिँदै
२४ साउन, काठमाडौँ – सरकारले नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को स्थापनालाई तीव्रता दिएको छ । सरकारले सीमा सुरक्षालाई मजबुद्ध बनाउन र नेपाली भूमिको रक्षा गर्नका लागि पछिल्ला वर्षमा सीमानामा बीओपी स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । बीओपी स्थापनालाई सत्ता गठबन्धले हालै सार्वजनिक गरेको सरकारको साझा कार्यक्रममा पनि प्राथमिकता […]
डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा
२४ साउन, काठमाडौँ – संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट […]
नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी
२४ साउन, काठमाडौँ – प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए […]
भारतबाट नेपाल घुम्न आएका भाले हात्ती कोसी टप्पुमा पोथी हात्तीसँग मायापिरती गाँस्दै
२४ साउन, काठमाडौँ – नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै […]
साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने
२४ साउन, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश […]
५५ प्रतिशतले घटे वैदेशिक रोजगारीमा जाने कामदार
२४ साउन, काठमाडौँ – गत आर्थिक वर्ष २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता […]
दलभित्र दलितको प्रतिनिधित्व कम
२२ साउन, काठमाडौँ – प्रमुख राजनीतिक दलभित्रको समावेशी र लोकतान्त्रीकरणमा खासै ध्यान नपुगेको पाइएको छ । २०६२/६३ को जनआन्दोलनपछि समावेशीकरणको मुद्दा राष्ट्रिय राजनीतिको बहसको विषय बनेपछि नीतिगत रूपमा केही दलले पार्टीभित्रको समावेशीकरणमा आरक्षण लागू गर्न बाध्य भए तर समग्रमा दलभित्रको समावेशीकरणको अवस्था सन्तोषजनक पाइँदैन । नेपाली काँग्रेसको १०३ सदस्यीय केन्द्रीय समितिमा दलित तीन महिला र […]



