पत्रपत्रिका
कोरोना निको हुने दर ९२ प्रतिशत
१३ असार, काठमाडौँ – कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको भएका छन् भने दुई हजार १६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । […]
काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण
१३ असार, काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ । पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा […]
दीर्घ कोभिड के कारणले हुन्छ ?
१२ असार काठमाडौँ – सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ। सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको […]
यो वर्ष पनि मलको चर्को अभाव हुने
१२ असार, काठमाडौँ – धानबालीका लागि आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव हुने भएको छ। साउनको दोस्रो सातादेखि धान गोडेर मल हाल्ने (टप ड्रेसिङ)को समयमा युरिया मलको अभाव हुने भएको हो। मल आपूर्तिका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा कुनै पनि आपूर्तिकर्ता सहभागी भएनन्। सरकारद्वारा सरकारलाई (जीटुजी) अन्तर्गत मल उपलब्ध गराउने विषयमा भारत सरकारसँग पहल भइरहेको […]
नेपालको ‘चुच्चे नक्सा’ र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री ओली
१२ असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप […]
‘प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको बदनियत’
१२ असार, काठमाडौँ – सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना रिट निवेदक पक्षका कानुन व्यवसायीले राष्ट्रपतिले कर्तव्य पालना नगरी बदनियतपूर्ण तरिकाले संसद् विघटन गरेको जिकिर गरेका छन्। […]
फेरिएला कांग्रेस नेतृत्व ?
१२ असार, काठमाडौँ – नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन्। भेलामा […]
निषेधाज्ञामा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकालाई पनि जरिवाना
१२ असार, काठमाडौँ – सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन । बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक […]
संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक
१२ असार, काठमाडौँ – दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो । २९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका […]
कामचलाउ सरकारका मन्त्रीहरुलाई मन्त्रालयको भारी
११ असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीले मन्त्री थप्न नपाउने भनेपछि २० मन्त्री जिम्मेवारीमुक्त भएलगत्तै मन्त्रिपरिषद् पाँच सदस्यीय बनेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालय पनि […]



