पत्रपत्रिका
सत्ता लम्ब्याउन बन्धकमा बजेट
७ जेठ, काठमाडौँ – आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयको टोली यतिबेला ‘के लेख्ने, के नलेख्ने रु’ र ‘कति आकारको बजेट बनाउने रु’ भन्ने अलमलमा छ । अर्थका अधिकारीहरूका अनुसार यस्तो अलमल हुनुमा दुई कारण छन् । पहिलो, कोभिड–१९ को महामारीले सुस्ताएको आर्थिक क्षेत्रमार्फत कति राजस्व संकलन होला भन्ने अनुमान गर्न कठिन छ […]
बिचौलियाको दादागिरी : डिपोबाट नै उठाउँछन् अक्सिजन सिलिन्डर
७ जेठ, काठमाडौँ – कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि […]
चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने
७ जेठ, काठमाडौँ – अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट […]
हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने
७ जेठ, काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार […]
थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा
७ जेठ, काठमाडौँ – राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई […]
तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात
७ जेठ, काठमाडौँ – तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको […]
‘विकल्प दिन कठिन’
७ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ। शुक्रबार साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गर्नेछ। विपक्षी नेपाली कांग्रेससहितका […]
घट्न थाल्यो कुखुराको मासुको मूल्य
७ जेठ, काठमाडौँ – बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै […]
प्रधानमन्त्री र राष्ट्रपतिको अर्को असंवैधानिक कदम
७ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेकी छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मतमा पराजित भएमा वा राजीनामा गरेमा मात्र धारा ७६ (५) को प्रक्रिया सुरु हुनुपर्छ। अचानक बिहीबार मन्त्रिपरिषद् बैठक […]
प्रभावहीन बन्दै संसद्
६ जेठ, काठमाडौँ – संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्। सत्ता नेतृत्व गरेका पात्रको प्रवृत्ति अनेक हुन्छ तर त्यसलाई ‘साइज’मा ल्याएर सन्तुलित […]



