समाचार
मन्त्रिपरिषद् विस्तारविरुद्धका रिटमा आज सुनुवाइ हुँदै
२५ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। प्रधानमन्त्री ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले जनता समाजवादी पार्टी (जसपा)का आठ मन्त्री र दुई राज्यमन्त्रीसहित नेकपा (एमाले)का मन्त्रीलाई पनि हेरफेर गरेका थिए। यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानून व्यवसायीले सोमबार सर्वोच्च अदालतमा ६ […]
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने एकजना पक्राउ
२५ जेठ, काठमाडौँ – काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ […]
भारतको एक केमिकल फ्याक्ट्रीमा आगलागी, १८ जनाको मृत्यु
२५ जेठ, एजेन्सी – भारतको पुणेस्थित एक केमिकल कारखानामा आगलागी हुँदा ११ जनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । सोमबार राति कारखानामा आगालागी सुरु भएको र त्यहाँ कार्यरत कामदारको जलेर मृत्यु भएको हो । आगलागीमा जलेको अवस्थामा ११ जनाको शव निकालिएको र अन्य १७ जना वेपत्ता रहेको बताइएको छ । […]
अस्पतालका शय्या हुन थाले खाली
२४ जेठ, काठमाडौं– पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा […]
प्रधानमन्त्रीबाट विद्यालय भवन शिलान्यास
२४ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गर्नुभएको हो । दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ […]
अनलाईन ठगीमा संलग्न पक्राउ
२४ जेठ, काठमाडौं– प्रहरीले सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा प्रहरीले पर्सा वीरगंज महानगरपालिका–१८ बस्ने निरज कुमार सिंहलाई पक्राउ गरेको हो । वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास […]
सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्मका लागि लम्ब्याइयो
२४ जेठ, काठमाडौं– सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। सोमबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले सुर्खेतमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमणको दरमा केही कमी आएको तर, जोखिम उच्च रहेकाले संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु […]
कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो
२४ जेठ, काठमाडौं– कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताउनुभयो । “शुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुप¥यो […]
धनुषामा थपियो निषेधाज्ञा
२४ जेठ, काठमाडौं- जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो । यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो […]
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता
२४ जेठ, काठमाडौँ – मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा अदालतमा पेस भएको रिट दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा गरेको नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक भएको भन्दै केही दिनअघि सर्वोच्च अदालतमा रिट पेस भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुने भएको छ । अधिवक्ता […]



