समाचार
महन्थ र राजेन्द्रले गराउन थाले खाली कागजमा हस्ताक्षर
२१ वैशाख, काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका छन्। जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै ठाकुर र महतोले हस्ताक्षर संकलन गरेका हुन्। कुनै प्रयोजन नखुलाइकन हस्ताक्षर गर्न लगाइएको पूर्वराजपा पक्षधर एक कार्यकारिणी सदस्यले जानकारी दिए […]
अण्डाको मूल्य हालसम्मकै उच्च
२१ वैशाख, काठमाडौँ – अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र […]
ट्वीटरको अडियो च्याट फिचर ‘स्पेस’
२१ वैशाख, काठमाडौं – ट्वीटरले सोमबारदेखि सबै प्रयागकर्तालाई स्पेस फिचर उपलब्ध गराएको छ । यो फिचरसँगै अब एकै पटक ६ सय फलोअरसँग जोडिन सकिने जनाइएको छ । ट्वीटरले उपलब्ध गराएको स्पेस अडियो वन्ली भ्वाइस च्याट फिचर हो । यसमार्फत होस्टले अन्य ट्वीटर प्रयोगकर्तासँग स्ट्रिम भ्वाइस च्याट गर्न सक्नेछन् । जसमा अन्य प्रयोगकर्ताले सुनेर बस्न अथवा […]
विवाहको २७ वर्षपछि बिल गेट्सको डिभोर्स
२१ वैशाख, एजेन्सी – माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि […]
कर्णाली प्रदेशमा थप पाँच सङ्क्रमतिको मृत्यु
२१ वैशाख, कर्णाली – कोरोना भाइरस सङ्क्रमणका कारण कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । सङ्क्रमित […]
बागलुङमा कोरोनाबाट जनप्रतिनिधिको मृत्यु
२१ वैशाख, बागलुङ – बागलुङको ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिनुभयो । उहाँको धौलागिरि अस्पतालमा आइसियुमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित […]
ढुङ्गाले च्यापेर एकको मृत्यु
२१ वैशाख, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् । सोमबार […]
धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निषेधाज्ञा
२१ वैशाख, झापा – कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । […]
चट्याङले लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु
२१ वैशाख, झापा – झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले […]
‘महामारी नियन्त्रणका लागि गरिने सम्पूर्ण खर्च गर्न वाग्मती सरकार तयार’
२० वैशाख, काठमाडौँ – वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि […]



