Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

समाचार

मिलानको सहज जित

काठमाडौं – इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले इम्पोलीलाई ३-१ गोल अन्तरले हराएको हो । खेलको ७९ औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानले सुरुआती अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा तीन गोल भयो । इन्जुरी समयको दोस्रो मिनेटमा निदिम बाज्रामीले गोल गर्दै […]

चिनियाँ राजदूत यान्छीको सकियो कार्यकाल

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको बताइएको छ । […]

मेस्सी र एम्बाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले नाइसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र किलियन एम्बाप्पेले गोल गरे । नाइसको लागि गाइटेन ल्याब्रोडेले एक गोल फर्काए । खेलको २९औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए […]

इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड मच्चिँदा १२० भन्दा बढीको मृत्यु

काठमाडौँ – इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् । पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ । त्यसलगत्तै प्रहरीले […]

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

काठमाडौँ – राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् । जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा […]

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

काठमाडौँ – बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता […]

पाँच दलीय गठबन्धनबाट जसपा अलग्गिने

काठमाडौँ – सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ। ुहाम्रो पार्टीको […]

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

काठमाडौँ – एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् । यसअघि विक्रम संवत् २०३६ को दशैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ […]

दसैंमा पिङको आकर्षण घट्यो

सिन्धुपाल्चोक – नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत […]

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाडौँ – आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार […]