समाचार
दशैंको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै
काठमाडौँ – बडा दशैंको छैटौं दिन हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाएका छन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत […]
पूर्वराजा शाहद्वारा दशैँको शुभकामना, देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिनुभएको छ । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उहाँले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गर्नुभएको छ । डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उहाँले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताउनुभयो । […]
साबा महिला बास्केटबलमा नेपाल उपविजेता
काठमाडौँ – साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेलमा भुटान र श्रीलंकालाई हराएको थियो । तर च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो । यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा […]
पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौँ – भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । भारतका केएल राहुलले अविजित ५१ रन […]
श्रीलङ्कामा हात्ती धपाउन पटकामा बर्सेनि ८० लाख अमेरिकी डलर खर्च
एजेन्सी – श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च हुने गरेको वन्यजन्तु मन्त्रालयले जनाएको छ । यो खर्च मुख्यगरी पटकामा हुने गरेको छ । कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरविराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्तीका लागि पटका आवश्यक पर्ने गरेको जानकारी दिनुभएको छ। हात्तीले मानव बस्तीमा […]
भारतमा आईफोन १४ उत्पादन सुरु
एजेन्सी – अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रीकृत गरेको हो […]
नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम
काठमाडौँ – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ । अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत […]
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै
काठमाडौँ – नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै […]
दललाई उम्मेवार छान्नै हम्मे
काठमाडौँ – १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली […]



