Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

समाचार

बाँकेमा डेङ्गु सङ्क्रमण बढ्दै

बाँके – बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी […]

विदेश ‘सयर’ मा मन्त्री–सचिवको लर्को

काठमाडौँ । राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरीत दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ । गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ […]

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

काठमाडौँ – प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ । सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको […]

एसिया कप क्रिकेट : कोहलीको शतकमा भारतको जित

काठमाडौँ – एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो । भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले […]

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन, दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौँ – बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । […]

महिला साफ : श्रीलंका र भुटान खेल्दै

काठमाडौं – नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शुक्रबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५ः३० बजे सुरु हुनेछ। समूह बी मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ । भुटानको यो दोस्रो खेल […]

हिनामनोर आँधीका कारण दक्षिण कोरियामा सात जनाको मृत्यु

एजेन्सी – दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए । यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवात […]

वेस्ट इन्डिजबाट सन्दीपले मागे क्यानको सहयोग

काठमाडौैं – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ ९क्यान० सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् । कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै […]

‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ । १७ वर्षीया एक नाबालिका (किशोरी) माथि बलात्कार भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका छन् । बलात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको […]

ईपीएसबाट छानिने युवाको संख्या दोब्बर

काठमाडौं – कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या करिब दोब्बर बनाएको छ । ईपीएसबाट कोरिया जाने नेपाली युवाको छनोट संख्या ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको हो । कृषि क्षेत्रका सहित छनोट संख्या १७ हजार ६५४ पुगेको छ । यसअघि एचआरडी कोरियाले पहिलो र दोस्रो चरण […]