समाचार
श्रीलङ्कामा ऊर्जा सङ्कट : इन्धन आपूर्तिका लागि श्रीलंकाको रुससँग वार्ता
१ साउन, कोलम्बो – श्रीलङ्कामा ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ । मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए । पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय […]
घटेको भाडा कार्यान्वयनमा आनाकानी
१ साउन, काठमाडौँ – पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको थियो। भाडा वृद्धिको निर्णयलाई यातायात व्यवसायीले तत्कालै कार्यान्वयनमा ल्याए तर, पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले […]
हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै
१ साउन, काठमाडौँ – हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो। ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको […]
नयाँ आर्थिक वर्ष सुरु : आजदेखि लागू हुनेछन् यी व्यवस्था
१ साउन, काठमाडौँ – आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा […]
आईसीसी पुरुष विश्वकप लिग टू : स्कटल्याण्डको सामना गर्दै नेपाल
१ साउन, काठमाडौं – आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध […]
आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै
१ साउन, काठमाडौं – आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत […]
विश्वराज पोखरेलको रिट खारेज, आईजीपी नियुक्ति सदर
३१ असार, काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज हुने फैसला गरेको हो । कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको सो मुद्दामा यही फैसला आउने […]
आर्थिक वर्ष सकिनु ३ दिनअघि स्वास्थ्यको बजेट रकमान्तर गरेर भ्रष्टाचार भयो : एमाले (विज्ञप्तिसहित)
३१ असार, काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन सरकारले खोप वितरणमा लापरबाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएको छ । एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभाग प्रमुखसमेत रहेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईले गठबन्धन सरकारको एक वर्ष खेर गएको टिप्पणी गरे । एमालेले आर्थिक वर्ष सकिन ३ दिन […]
नेप्सेमा सामान्य सुधार, ७ अंक बढ्दा डेढ अर्बको कारोबार
३१ असार, काठमाडौँ – आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो । आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको […]
कीर्तिपूर टौदह : आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै (फोटोफिचर)
नरेश चौलागाईं कीर्तिपूर । काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । टौदह काठमाठौंबाट ७ किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा पर्दछ । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाई क्षेत्रफलमा फैलिएको यो पोखरीको गहिराई ६ मिटर रहेको छ । कर्कट नागको बास रहेको जनविश्वास रहेको दहमा नागपञ्चमीका दिन मेला लाग्छ । टौदहलाई […]



