समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै
३ साउन, काठमाडौँ- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो । स्कटल्यान्डमा […]
भारतमा कोरोना : एकैदिन थपिए साढे १२ हजार सङ्क्रमित
३ साउन, काठमाडौँ – भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशमा १२ हजार ४३० नयाँ कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । उता १२ हजार ९५६ जना कोरोनाबाट निको पनि भएका छन् । योसँगै सक्रिय केसको सङ्ख्या ५ सय ४६ ले कम भएको छ । हाल […]
यस्तो छ साउने सोमबारको महत्व
२ साउन, काठमाडौँ – महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार हो । यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ । सोमबार भगवान शिवका देवस्थलमा सोबार भक्तजनको भीड लागेको लाग्ने गरेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । महिनामा साउन र […]
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
२ साउन, काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक/दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशको पहाडी भू-भागका थोरै […]
स्थानीय तहद्वारा नियमविपरीत अर्बौंको खर्च
२ साउन, काठमाडौँ – स्थानीय तहले नियमविपरीत अर्बौँ रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८र७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । जसका कारण धेरै स्थानीय तह कुशासनको चक्रमा फसेको देखिएको छ । महालेखाका अनुसार गत वर्ष २ सय ६४ भन्दा […]
सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता
२ साउन, काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, […]
तेल किन्न निगमले जुटायो १४ अर्ब रुपैयाँ
२ साउन, काठमाडौँ – पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निगमलाई मन्त्रिपरिषद्को निर्णयअनुसारको सात अर्ब, […]
असार महिनामा थपिए २ लाख ५० हजार मतदाता, सबैभन्दा बढी झापामा
२ साउन, काठमाडौँ – असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो […]
सावित्रा भण्डारीले पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्धित
२ साउन, काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रीलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन । […]
आज साउनको पहिलो सोमवार : शिवालयमा दर्शनार्थीको घुुइँचो
२ साउन, काठमाडौँ – आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम […]



