आर्थिक
दरबार मलमा सञ्चालनमा आयो अपी ग्लामरसको शोरुम
५ मंसिर काठमाडौँ – विभिन्न नयाँ डिजाइनका आभुषण आइटम भित्र्याएको अपी ग्लामरस प्लसको शोरुम दरबार मलमा सञ्चालनमा आएको छ । शोरुमको बिहीबार मोडल एवं कलाकार पुजन घिमिरे र माछापुच्छ्रे बैंक दरबारमार्ग शाखाकी प्रबन्धक सन्जुली प्रधानले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मोडल घिमिरेले शोरुम अवलोकन गर्दै फेसन रुचाउने नयाँ पुस्ताका युवतीहरुका लागि आकर्षक र फेसनेवल ज्वेलरी […]
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब
२७ कात्तिक काठमाडौँ साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर […]
बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि
२६ कात्तिक काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८।८९ बिन्दुले उकालो लागेर एक हजार ७०७।६७ मा पुगेको छ । नेप्से लगातार उकालो लागेर आज […]
तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने
२५ कात्तिक काठमाडौं – नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले तिहारको बिदाका बेला शाखा कार्यालय समेत बन्द गर्ने निर्णय गरेको हो । संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने बताएको छ । डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ […]
कोरोना नियन्त्रण र उपचारमा टोखाको चार करोड खर्च
२३ कात्तिक काठमाडौँ- टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो । नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीेदेखि हालसम्म […]
सुनको भाउ घट्यो, चाँदी बढ्यो
२० कात्तिक काठमाडौँ – बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९५ हजार ७ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको […]
जलविद्युत्को ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना
२० कात्तिक गलकोट – बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ । मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको […]
कोरोना बीमा ७ दिनभित्रै भुक्तानी गर्न सरकारको निर्देशन
१९ कात्तिक काठमाडौं – कोरोना बीमाको दाबीमा ढिलाइ भएपछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कोरोना बीमा मापदण्डअनुसार नै रहेर ७ दिनभित्र दाबी भुक्तानी दिन सरकारले निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बीमा समितिले मंगलवार नै […]
एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु हराए
१८ कात्तिक हुम्ला –स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एक–एक सहकारी पसल स्थापना गरी प्रतिगाविस रु एक लाखका दरले रकम उपलब्ध गराएको थियो । […]
जुम्लामा डिजिटल कर प्रणाली
१५ कात्तिक काठमाडौँ – जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो । पालिकाभरका ७ […]



