Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

दुई प्रहरीलाई बर्खास्त गरिँदै

२७ साउन, काठमाडौँ – संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको […]

अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

२७ साउन, काठमाडौँ – सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका छन् । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा मंगलवार उनले उक्त दस्तावेज प्रस्तुत गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा बनेको केपी शर्मा ओलीको सरकारले मुलुकको आर्थिक अवस्थालाई […]

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

२६ साउन, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले […]

बाँच्ने आशा जगाउँदै दोस्रो डोज खोप

२६ साउन, काठमाडौँ – थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध थिए । उनले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका उनी बल्लबल्ल खोप लगाउन पाउने आशामा थिए । उनले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोचेका […]

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

२६ साउन, काठमाडौँ – म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् । तर, भनिए अनुसार काम र सुविधा […]

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

२६ साउन, काठमाडौँ – पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी […]

बालुवाटारमा भूमिगत गिरोह

२६ साउन, काठमाडौँ – प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त  गर्ने उनको चाहानामा पत्नी आरजु […]

राष्ट्रपति भण्डारीसामु भीम रावलको हारगुहार

२५ साउन, काठमाडौँ – एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ। एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन्। उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका थिए। स्रोतका अनुसार रावलले विवाद मिलाउन पार्टी अध्यक्ष केपी ओली नै बढी जिम्मेवार हुनुपर्नेमा कार्यदलबाट लगेको प्रस्तावसमेत अस्वीकार […]

मौद्रिक नीतिमा किन ढिलाइ ?

२५ साउन, काठमाडौँ – गत १५ जेठमा चालू आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याए पनि आर्थिक वर्षको सुरुवातमै आउनुपर्ने मौद्रिक नीति झन्डै एक महिना पुग्न लाग्दासमेत आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सबै तयारी पूरा गरिसकेको बताइएको छ । गत शुक्रबारदेखि आइतबारसम्म मौद्रिक नीति आउने चर्चा चले पनि आउन सकेन । आर्थिक क्षेत्रसँग […]

संकटग्रस्त उद्योगको ब्याज मिनाहा

२५ साउन, काठमाडौँ – सरकारले संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने घोषणा गरको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आइतवार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । संकटग्रस्त उद्योगले यसअघि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाहा गर्ने नीति उक्त कार्यक्रममार्फत ल्याइएको हो । वित्त तथा मौद्रिक नीतिमा सुधार […]