Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

१२ कार्तिक, काठमाडौँ – ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको हो । लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना […]

किन भासिन्छन् राजधानीका सडकहरू ?

१२ कार्तिक, काठमाडौँ – माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमबार ठूलो खाल्डो प(यो । अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सो सडकमा एउटा पूरा लेन नै ढाक्ने गरी पाँच मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करिब पाँच फिट गहिरो खाल्डो परेको देखियो । त्यसैगरी एक वर्षअघि […]

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा घनश्यामको चुनौती

१२ कार्तिक, काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट […]

प्रधानन्यायाधीशमाथि महाअभियोग ? गठबन्धनमै विभाजित मानसिकता

१२ कार्तिक, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ दिएपछि केही दलहरू उनकै जवाफको पछि दौडिएका छन् । प्रधानन्यायाधीश राणाले गत बुधबार न्यायाधीशसँगको भेटमा आफू संवैधानिक प्रक्रियाबाट सर्वोच्चको नेतृत्वमा आएको भन्दै न्यायाधीशहरूलाई संवैधानिक प्रक्रियाबाटै […]

उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

११, कार्तिक काठमाडौँ – उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई […]

१० बुँदेले एमाले बैठकमा चर्काचर्की

११ असाज, काठमाडौँ  – नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुईरदुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा […]

दसैँका लागि रुट इजाजत खुला

११ असोज, काठमाडौँ – सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा […]

बिना सञ्चालन नेपाली रेलको ‘वारेन्टी’ सकियो

९ आश्विन, काठमाडौं –नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । नेपाल रेल्वे कम्पनीले भारतीय रेल […]

फेवातालको २५ सय रोपनी जमिन व्यक्तिको नाममा !

२६ भदौ, काठमाडौं – पटक–पटक समाचार आउँछ– फेवातालको पानीमुनिको जमिन पनि व्यक्तिका नाममा। तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन। यहाँ दुई प्रश्न उब्जिन्छ– एक, पानीमुनिको जमिन व्यक्तिका नाममा कसरी दर्ता भयो ? दुई, त्यस्तो दर्ता खारेज किन भएन ? पहिला दोस्रो प्रश्नको उत्तर खोजौं। तालको क्षेत्रफलभित्र पर्ने […]

पुरानो बानेश्वरमा फेला पर्यो शंकास्पद वस्तु

२४ भदौ,काठमाडौैँ-काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा बम राखिएको आशंका गरिएको छ। बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। यद्यपी बम हो वा होइन भन्ने पुष्टि भइनसकेको उनले बताए। बम भन्दा पनि भ्रम फैलाउन सामान राखिएको हुनसक्छ। नक्कली हो […]