Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता

२ साउन, काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, […]

असार महिनामा थपिए २ लाख ५० हजार मतदाता, सबैभन्दा बढी झापामा

२ साउन, काठमाडौँ – असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय १२ जना जिल्लाअन्तर्गत र १९ हजार ७ सय ३४ जना बाह्य जिल्लाअन्तर्गत दर्ता भएको हो […]

घटेको भाडा कार्यान्वयनमा आनाकानी

१ साउन, काठमाडौँ – पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा असार ६ गतेदेखि वृद्धि भयो। यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ र तराईका बाटामा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशत भाडा वृद्धि गरेको थियो। भाडा वृद्धिको निर्णयलाई यातायात व्यवसायीले तत्कालै कार्यान्वयनमा ल्याए तर, पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले […]

हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै

१ साउन, काठमाडौँ – हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो। ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको […]

नयाँ आर्थिक वर्ष सुरु : आजदेखि लागू हुनेछन् यी व्यवस्था

१ साउन, काठमाडौँ – आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा […]

सात लाख करदाता थपिए

२६ असार, काठमाडौँ – एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै […]

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

२६ असार, काठमाडौँ – निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने […]

तुइनको भरमा अडिएको जिन्दगी

२४ असार, काठमाडौँ – दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठालघाटबाट तुइनबाट झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन् । उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्यास–२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो ।बेपत्ता बुढाथोकीको खोजी कार्य जारी […]

संघीय निजामती ऐनमा अझै झेल

२४ असार, काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । यसअघि संसद्मा दर्ता भइसकेको सो विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको थियो । त्यसरी फिर्ता गरिएको विधेयकको मस्यौदा पुनः पुरानै प्रावधान […]

पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्यवृद्धि घट्नेमा शङ्का

१२ असार, काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई राहत दिएको छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत […]