Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

पत्रपत्रिका

८ महिनामा ३ लाख २३ हजार पर्यटक

काठमाडौँ – सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए। जुनमा ४६ हजार ९ सय ५७, […]

चोलेन्द्रलाई सोधिने प्रश्न तयार गरिँदै

काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ । आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्तिरसमूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई […]

रूखले किच्यो डाक्टर बन्ने सपना

९ साउन, काठमाडौँ – विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका(२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ुबायोलोजीु विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो। तर […]

७१ प्रतिशत नेपाली श्रमिकले कोभिडकालमा तलब पाएनन्

६ साउन, काठमाडौँ – कोभिड-२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड(१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्। प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी० ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । […]

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

६ साउन, काठमाडौँ – कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्। यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल । त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र […]

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

५ साउन, काठमाडौँ – परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् […]

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

५ साउन, काठमाडौँ – ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार […]

रुस र युक्रेन युद्धको असर मुटुको शल्यक्रियामा

५ साउन, काठमाडौँ – मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको […]

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

४ साउन, काठमाडौँ – सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीमाथि थुपारेको छ। सार्वजनिक खरिद […]

सिंहदरबारभित्र पत्राचारको बेहाल, वल्लो घरले पल्लोलाई लेखेको चिठी दुई वर्षदेखि बेपत्ता

४ साउन, काठमाडौँ – सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको छैन । पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले […]