पत्रपत्रिका
मनोमानी अंक दिने २४ विद्यालय छानबिनको घेरामा
२२ साउन, काठमाडौँ – देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय […]
कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा
२२ साउन,काठमाडौँ – पटकपटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न चौतर्फी दबाब बढिरहेको छ । पछिल्लोपटकको कार्यतालिकाअनुसार साउन १२ बाट वडा अधिवेशन शुरू भई भदौ १६–१९ गतेसम्पन्न हुने भनिएको १४औं महधिवेशन पनि अनिश्चित बनेपछि पार्टीभित्र सभापति देउवाको चौतर्फी आलोचना भइरहेको छ । फेरि पनि […]
एमसीसी सम्झौता झन् अन्योलमा फस्दै
२२ साउन, काठमाडौँ – करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता झन् अन्योलमा फस्दै गएको छ । विघटित संसद् पुनःस्थापना भएसँगै पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ३ साता बितिसकेको छ । तर, उक्त सम्झौता अनुमोदन गर्नेबारे गठबन्धनभित्रै चर्को मतभेद हुँदा अहिलेसम्म कुनै सहमति […]
सत्ता गठबन्धनबीच निर्वाचनसम्म सहकार्य गर्ने सहमति
२२ साउन, काठमाडौँ – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । पाँच राजनीतिक दल आबद्ध सत्ता गठवन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री […]
२२ वर्षपछि आएको मेलम्ची अब आउला कि नआउला ?
२२ साउन, काठमाडौँ – दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर […]
दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत
२२ साउन, काठमाडौँ – नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो। स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा […]
चुरे संरक्षणमा सुधार आवश्यक
१९ साउन, काठमाडौँ – चुरे संरक्षणका लागि विगत एक दशकमा झन्डै १२ अर्ब रुपियाँभन्दा बढी खर्च भए पनि खास उपलब्धि हासिल हुन सकेको छैन । राजनीतिक दबाबमा योजना छनोट गरिँदा खर्च गरेअनुसारको उपलब्धि सम्भव नभएको बताइएको छ । राजनीतिक दबाबमा कनिका छरेझैँ रकम छर्ने प्रवृत्तिले गर्दा यस्तो स्थिति देखिएको विज्ञहरूले बताएका छन् । चुरे क्षेत्र तथा त्यसका नदी […]
अटेरी बन्दै स्थानीय तह, बजेट विवरण नबुझाउने संख्या ५१ पुग्यो
१९ साउन, काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि हालसम्म ५१ वटा स्थानीय तहले चालू आर्थिक वर्षको बजेटको विवरण मन्त्रालयमा पठाएका छैनन् । मन्त्रालयले असारको तेस्रो सातादेखि बजेट विवरण अनलाइनमार्फत पठाउन ताकेता गर्दै आएको थियो । मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि स्थानीय तहको बजेटको विवरण नपठाएपछि पछिल्लोपटक सम्बन्धित जिल्लाको समन्वय […]
भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन
१९ साउन, काठमाडौँ – मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति नभएपछि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका […]
आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा
१९ साउन, काठमाडौँ – सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् । सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा […]



