Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

१२ साउन, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ। परीक्षा साउन […]

चैतसम्म तीन करोड मात्रा खोप आउने

१२ साउन, काठमाडौँ – सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख […]

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

१२ साउन, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्न ऊर्जाक्षेत्र आधारभूत पूर्वाधार रहेको उनको भनाइ छ […]

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

१२ साउन, काठमाडौँ – निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत रहेका यादव पक्षलाई आधिकारिकता दिएपछि सो पक्षसँग पहिलो विकल्पका रूपमा पार्टी आधिकारिकतासम्बन्धी अदालतमा दिएको रिटसम्बन्धी निवेदन रहेको छ । सो […]

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

१२ साउन, काठमाडौँ – सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगामी पाँच महिनामा १ […]

विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

१२ साउन, काठमाडौँ – सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने निर्णय छ। त्यसका […]

ठाकुर पक्षका सांसद पद के हुन्छ ?

१२ साउन, काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ । ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ सदस्य भएको यादव पक्षले जसपाको आधिकारिकता पाएकोमा ठाकुर पक्ष अब दल विभाजन नभई नयाँ दल दर्ताको प्रक्रियामा जानुपर्ने भएको हो । ठाकुर पक्ष नयाँ दल दर्ताको […]

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

१२ साउन, काठमाडौँ – नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको […]

नेपाल सद्भावना पार्टी ब्युँझाइयो

१० साउन, काठमाडौँ – एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्। आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव […]

उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै

१० साउन, काठमाडौँ – जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरू थपिने भएका छन्। जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र […]