पत्रपत्रिका
खोप लगाउन पनि सोर्सफोर्स !
९ साउन, काठमाडौँ – सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ । तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए […]
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन पेस गरेपछि झस्किए प्रधानमन्त्री
९ साउन, काठमाडौँ – महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७ औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो गरी शुक्रबार सदनमा पेस भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षक कार्यालयको ५७ औं प्रतिवेदन […]
विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा निरन्तर मर्न थाले !
८ साउन, काठमाडौँ – विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको असल बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन निरन्तर गैँडा मर्न थालेपछि चुनौती थपिएको छ । गैँडा संरक्षणका लागि विज्ञहरूले स्थानान्तरण विकल्प हुनसक्ने सुझाएका छन् । गत वर्षको साउनदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ३४ वटा गैँडा मरेका छन् । चार दिनअघि मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडाको […]
एमाले पार्टी एकताको निरन्तर प्रयास गर्ने
८ साउन, काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो। पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै […]
लामो दूरीका सवारीसाधन चल्ने
८ साउन, काठमाडौँ – गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको […]
कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात
८ साउन, काठमाडौँ – मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ। नेवि संघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन्। जिल्लामा हुने […]
१४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने
८ साउन, काठमाडौँ -नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति […]
लोपोन्मुख सन्थाल जातिको लागि बस्ती गरिने
८ साउन, काठमाडौँ-मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी […]
कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी
८ साउन, काठमाडौँ -सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम […]
पार्टी एकता ओलीको हातमा
८ साउन, काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । ४ […]



