Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड

६ साउन, काठमाडौँ- सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ७२ घण्टाभित्र सार्वजनिक गर्ने । यो […]

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

६ साउन, काठमाडौँ – एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ । […]

माथिल्लो तामाकोसी : साउनभित्रै ३०४ मेगावाट, भदौदेखि पूर्ण क्षमतामा

५ साउन, काठमाडौँ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट भदौ अन्तिमसम्ममा पूर्ण क्षमतामा विद्युत् उत्पादन थाल्ने कार्यसूची तय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो युनिटबाट ७६ मेगावाटको परीक्षण उत्पादन सुरु गर्ने क्रममा गत असार २२ गते आयोजनाको उद्घाटन गर्नुभएको थियो । माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् […]

सुरुङमार्ग निर्माणसँगै जनशक्ति पनि तयार गरिँदै

५ साउन, काठमाडौँ – नेपालका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिए पनि दक्ष जनशक्तिको अभाव छ । यही अभावलाई पूर्ति गर्न नागढुंगा–नौबीसे सुरुङमार्गको आयोजनाको तयारी गर्दादेखि नै नेपाली इन्जिनीयर तथा प्राविधिकहरूलाई सुरुङमार्ग निर्माणमा खटाउने सहमति भएको थियो । यसै अनुसार सुरुङमार्ग निर्माणसँगै मुलुकभित्र टनेल ९सुरुङमार्ग० जनशक्ति पनि तयार हुन थालेको छ । सुरुङमार्ग निर्माणमा काम […]

काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प, सिसडोल ल्यान्डफिल साइट भरियो

५ साउन, काठमाडौँ – राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या […]

हरायो नेपाल भित्रिएको ३ लाख डोज खोप

५ साउन, कामठाडौँ – नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको […]

वैदेशिक रोजगारीमा तीव्र गिरावट

५ साउन, काठमाडौँ – कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५/०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा […]

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

५ साउन, काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए। एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य […]

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

५ साउन, काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो। ‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ […]

नेपालप्रति आक्रोशित ओलीले गरे रावलको प्रशंसा

५ साउन, काठमाडौँ – एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् […]