पत्रपत्रिका
सेनामा नयाँ साङ्गठनिक संरचना कार्यान्वयन
२ साउन, काठमाडौँ – नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याएको छ । सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुनर्संरचना शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको छ । नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्ड लागू गरिएको छ । कोसी, गण्डकी र कर्णाली नदी […]
बढ्न थाल्यो कोरोना सङ्क्रमण
२ साउन, काठमाडौँ – कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको […]
६ जना सांसदले छाडे ठाकुरको साथ
२ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ। बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ […]
काँग्रेस महाधिवेशन एक दिन पनि सर्दैन : देउवा
२ साउन, काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो […]
निर्णय बिनानै उपत्यकाका सवारीमा दोब्बर भाडा
२ साउन, काठमाडौँ – काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातले विहिबारदेखिनै दोव्वर भाडादर असुल गरेको छ । असार २७ गते मन्त्रीस्तरबाट अन्तरप्रदेशमा गुड्ने सवारीसाधनका लागि मात्र २८ प्रतिशत भाडादर समायोजन गर्ने निर्णय भए पनि व्यवयासीहरुले भने छोटो दुरीमा सञ्चालित सार्वजनिक यातायातमा चर्को भाडा असुली गरेको छ । ट्राफिक प्रहरीमा तोकिएको भाडादर भन्दा दोब्बर असुल गरेको […]
महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा
२ साउन,काठमाडौँ – कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न […]
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
२ साउन, काठमाडौँ – सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ । सूचना प्रविधि […]
राष्ट्रपतिको ’भद्दा व्यवहार’
२ साउन, काठमाडौँ- ‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा। देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो। नियुक्तिपत्र संविधानको धारा उल्लेख नगरी अदालतको […]
एकतामा ओली ‘असहमत’ : १० बुँदे सहमति धरापमा
२ साउन, काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ। ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका […]
प्रादेशिक सरकारः बजेटका लागि अध्यादेशको सहारा
२ साउन, काठमाडौँ – प्रदेशमा सरकार र प्रतिपक्षबीचको सम्बन्ध असहज हुँदै गएपछि सरकारले अधिवेशन अन्त्य गर्दै अध्यादेशको सहारामा बजेट ल्याउन थालेका छन्। संघीय संरचना र प्रणाली स्थापित नहुँदै प्रदेशमा जेजस्तो अराजकता देखिन थालेको छ, त्यसले आगामी दिनमा प्रणालीमाथि नै प्रश्न उठ्ने सम्भावना पनि उत्तिकै छ। यसरी अध्यादेशको सहारामा बजेट ल्याउने कार्यको थालनी लुम्बिनी र कर्णाली […]



