पत्रपत्रिका
नेपाल पक्ष अप्ठ्यारोमा
२ साउन, काठमाडौँ – एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ। पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू […]
एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै
२ साउन, काठमाडौँ – कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा […]
मौद्रिक नीति ढिलो आउने संकेत !
२ साउन, काठमाडौँ – सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामीले छिट्टै मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेटिएको श्वेतपत्र ल्याउछौं ।’ अर्थमन्त्री शर्माका अनुसार मन्त्रालयले […]
आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य
१ असार, कामठाडौँ – आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ […]
प्रधानमन्त्री देउवालाई सुझाव : ओलीका गल्ती सुधार्नुस्
१ साउन, काठमाडौँ – पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेताहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्री देउवालाई सुझाएका हुन् । बैठकमा सहभागी माओवादी […]
जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो
१ साउन, काठमाडौँ – पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । […]
शोधनान्तर बचत घाटामा पुग्यो
१ साउन, काठमाडौँ – केही महिनादेखि क्रमशः संकुचन हुँदै गएको शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण आय लगातार बढे पनि चालू खाता घाटा बढ्दै गएर शोधनान्तर घाटा भएको हो । यसले बाह्य क्षेत्रमा दबाब परेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको […]
सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति
१ साउन, काठमाडौँ – सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ […]
सक्ताको चाबी नेपालको हातमा
१ साउन, काठमाडौँ – यति बेला शेर बहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव कुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ । यसलाई राम्ररी बुझेका […]
असारे विकासका नाममा मनलाग्दी खर्च
१ साउन, काठमाडौँ – सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने […]



